नुवाकोटको विदुर बट्टार लगायतका स्थानमा खानेपानीको अभाव

नुवाकोट । नुवाकोटको विदुर, त्रिशुली, ढुङ्गे र बट्टार लगायतका स्थानमा खानेपानीको अभाव भएको छ ।
विदर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विदुर नगरपालिका क्षेत्रभित्र वितरण गर्दै आएको फलाखु खोलाको महान साउन २७ र २८ गतेको अविरल वर्षाले बगाइदिएपछि बजार क्षेत्रमा खानेपानीको अभाव भएको हो ।
बाढीले पानीको मुहान बगाएपछि नगरपालिकाभित्र वितरण हने खानेपानी झण्डै सातादेखि अभाव भएको छ । फलाखु खोलामा आएको भीषण बाढीले मेन लाइनको तीन सय ५० मिटरको हेड डिआई पाइप पूर्ण रूपले क्षति भएको छ ।
वर्षात् बाढी र पहिरोले उपभोक्ता संस्थाको पानी ल्याइरहेको मेन लाइन महानको सम्पूर्ण संरचना बगाएको छ भने हेड डिआईपाइपसहितको क्षति झन्डै ५० लाखभन्दा बढीको भएको प्राविधिकले प्रारम्भिकअनमान गरेका छन् ।

खानेपानीको मुहान फलाखु खोलामा आएको बाढी ।
उक्त मुहान मर्मतसम्भार कार्य सम्पन्न नभएसम्म खानेपानी उपलब्ध नहने जानकारी संस्थाले गरेको छ । खानेपानी वितरणमा वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र विदरको बोरिङको खानेपानी र नलगाउँ महानको खानेपानी दुरुपयोग नगरी अधिकतम सदुपयोग र बचत गर्दै खानेपानीको उपभोग गर्न संस्थाले उपभोक्तालाई आगह गरेको छ ।
बाढीले क्षति पु¥याएको उक्त मुहानको मर्मत कार्य थालिसकेको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले जानकारी दिए । क्षतिको विवरण एकिन भइसकेकोले विदुर नगरपालिका र जिल्ला विपद व्यवस्थापन समितिको सहयोग लिएर मर्मत कार्य शुरु गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया