त्रिशुली अस्पतालमा आजदेखि जनरल बेड निःशुल्क हुने

नुवाकोट । वाग्मती प्रदेश सरकारमातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गते अर्थात शुक्रबारदेखि सामान्य शय्या(जनरल बेड) निःशुल्क हुनेछ ।
वाग्मती प्रदेश, स्वास्थ्य मन्त्रालयले साउन २२ गते निर्णय गरेर अस्पतालमा जनरल बेड सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन परिपत्र गरेको छ ।
परिपत्रमा सरकारी अस्पतालमा उपलब्ध रहेको बेडमध्येबाट क्याबिन, एनआईसीयू र आईसीयूबाहेकका अन्य सम्पूर्ण बेड निःशुल्क प्रदान गर्न भनिएको छ ।
निजी,सरकारी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपांग वर्ग ‘क’ र ‘ख’, विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्न पनि निर्देशन गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपकबाबु तिवारीले बताए । । मन्त्रालयले अस्पतालहरूलाई सामाजिक सेवा इकाईबाट पुनर्बास सेवा र फिजियोथेरापी सेवा पनि बिरामीलाई निःशुल्क उपलब्ध गराउन भनेको छ ।
वाग्मती प्रदेश सरकारमातहतको त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, रसुवा अस्पताल, जिल्ला अस्पताल रामेछाप, चौतारा अस्पताल, सिन्धुली अस्पताल, बकुलर रत्ननगर अस्पताल, टोखा अस्पताल, बज्रवाराही चापागाउँ अस्पताल, मेथिनकोट अस्पताल र चरिकोट अस्पताल रहेका छन् ।
यी १३ वटा अस्पतालमा ८ सय ११ वटा सामान्य बेड रहेका छन् । यी अस्पतालहरूमा शुक्रबारदेखि सामान्य बेड बिरामीलाई निःशुल्क उपलपब्ध गराइने छ । अस्पतालहरूले सामान्य बेडको शुल्क २५ रुपैयाँदेखि सय रुपैयाँसम्म लिँदै आएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया