विदुर नगरपालिकाको डेंगु रोकथाम र नियन्त्रणका लागि विशेष अभियान शुरु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले नगरपालिका भित्र डेंगु रोकथाम र नियन्त्रणका लागि विशेष अभियान शुरु गरेको छ ।
नगरपालिकाले मंगलवार एक कार्यक्रमको आयोजना गरि डेंगु रोकथाम र नियन्त्रणका लागि विशेष अभियान शुरु गरेको हो ।
विदुर नगरपालिकाको विशेष गरि वडा नम्बर १, २, ४, ६ को बजार क्षेत्रमा डेंगु रोगका संक्रमितहरुको संख्या बढेसँगै नगरपालिकाले ‘खोज र नष्ट’ अभियान शुरु गरेको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
मेयर श्रेष्ठले डेंगु रोकथामको लागि नगरपालिका आवश्यक सबै उपायहरु अवलम्बन गर्न तयार रहेको बताउँदै यो अभियानलाई सार्थक बनाउन सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताउँछन् ।
नुवाकोटमा अहिलेसम्म ८२ जना डेंगु संक्रमित भेटिएका छन् । भेटिएका संक्रमितमध्ये ४५ जना विदुर नगरपालिकाका र अन्य स्थानीय तहमा रहेका छन् । भेटिएका संक्रमितमध्ये सोमवारसम्म मात्रै १७ जना नयाँ विरामी भेटिएका हुन् ।
नगरपालिकाले नगरको १३ वट्टै वडामा विशेष अभियान संचालन गरेर डेंगु रोकथाम र नियन्त्रणका लागि साताव्यापी रुपमा कार्यक्रम गर्ने जनाएको छ ।
नगरपालिकालाई साथ दिन अन्य स्थानिय तहले समेत समन्वय गरेर कार्यक्रम सचालन गर्ने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया