गाउँपालिकाको काम छिटो र प्रभावकारी बनाउन अध्यक्ष अधिकारीको निर्देशन
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले पालिकाको काम छिटो र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आईतवार विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुसँगको छलफलमा अधिकारीले जनप्रीय काम गर्न निर्देशन दिएका हुन् । छलफल कार्यक्रममा उनले चालू आर्थिक बर्षको बजेट निर्माणमा रचनात्मक सल्लाह, सुझाव र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिदै त्यसको प्रभावकारी कार्यान्वयन र जनताको कामलाई सहज, छिटो एवम् प्रभावकारी बनाउने गरि काम गर्न निर्देशन समेत दिए ।
अध्यक्ष अधिकारीले आम नागरिकले पालिकाले प्रदान गर्ने सेवामा ढिलासुस्ती भएको गुनासो आउन नदिन र अत्यावश्यक नभइ बिदामा समेत नबस्न कर्मचारीहरुलाई निर्देशन दिए ।
अत्यावश्यक भएर बिदामा बस्नुपरेमा काममा बाधा नपर्ने गरि अनिवार्य स्वीकृत गराउन समेत उनले कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
उनले कर्मचारीहरुको कामको पालिकाले सुस्म निगरानी गर्ने तथा गुण र दोषको आधारमा सम्मान र कारबाहीको व्यवस्था गरिने समेत उनले जानकारी दिए ।
छलफल कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले आफ्नो मातहतमा रहेका कार्यालयको वारेमा ब्रिफिङ गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया