शेयर डिम्याट नगराए अपर तामाकोशीको हकप्रद नपाइने
नुवाकोट । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर अभौतिकिकरण अर्थात् शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ।
कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा शेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो ।
शेयर रजिष्ट्रार सनराईज क्यापिटल लिमिटेडबाट यथाशीघ्र शेयर प्रमाणपत्र संकलन गरी आफ्नो हितग्राही खाता (Demat Account) मा अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
निकट भविष्यमा कम्पनीले १:१ (एक बराबर एक) का दरले हकप्रद निष्काशन गर्न लागेकोले हकप्रद शेयरको लागि आवेदन दिन समेत डिम्याट खाता खोली शेयर अभौतिकीकरण अनिवार्य रहेको कम्पनीले प्रष्ट पारेको छ ।
कम्पनीले डिम्याट खाता नभएका शेयरधनीहरुलाई समेत समयमै डिमयात खाता खोलि आफनो नामको शेयर अभौतिकिकरण गर्नका लागि अनुरोध गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया