रााष्ट्रिय स्वतन्त्र पार्टीको किस्पाङ अध्यक्षमा भट्ट

विदुर खबर २०८० असार १६ गते २२:२६

नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को किस्पाङ गाउँपालिकास्तरीय कार्यसमिति गठन गरिएको छ ।

Advertisement

शनिवार किस्पाङको काहुलेमा आयोजित प्रथम पािलका भेलाले शिवप्रसाद भट्टको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।

भेलाले उप–सचापतिमा सोमेश तामाङ, सचिवमा श्रद्धा ढुङ्गाना र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ ।

Advertisement

यस्तै सदस्यहरुमा दोलानन्द अधिकारी, अकिल वहादुर तामाङ, वमवहादुर तामाङ र विक्रम तामाङ चयन भएको राास्वपा नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया