कांग्रेस नुवाकोटद्धारा निर्माण व्यवसायीको चुनावको आधिकारीक उमेद्धवार तय, अध्यक्षको जिम्मा कृष्ण थपलियालाई

नुवाकोट भदौ २९,नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले शनिबार हुने नुवाकोट निर्माण व्यवसायी संघको कांग्रेस आधाीकारीक उमेदबारसहितको प्यानल घोषाणा गरेको छ । पार्टी कार्यलय विदुरमा शुक्रबार साँझ घोषणा गरिएको प्यानलको अध्यक्षको रुपमा कृष्ण थपलिया रहेका छन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बनाएको उम्मेदवार छनोट समितिको सिफरिसका आधारमा कृष्ण थपलियाको नेर्तत्वमा पदाधिकारी घोषणा गरिएको नेपाली कांग्रेसका प्रवत्ता तथा उम्मेदवार छनौट समितिका सदस्य राजु थापाले बताए । उम्मेदवार छनौटमा विभिन्न मापदण्ड अपनाएर पदाधिकारी छनौट गरिएको थापाले बताएका छन । कांग्रेसले उम्मेदवार छनौट गर्दा नदोहिरने, र नेकपा सर्मथीत व्यवसायसँष् सहकार्य नगरी कांग्रेसमा लामो समय काम गरेका निर्माण व्यवसायीलाई प्राथमिकता दिएको बताइर्एको छ । त्यस्तै उम्मेदवार छनौटमा नुवाकोटका स्बै स्थानिय तह, चार प्रदेशसभा क्षेत्र र भुगोललाई समेत ध्यान दिइएको उम्मेदवार छनौट समितिका संयोजक लक्ष्मणराज थापाले बताए ।
कांग्रेसले आधिकारी रुपमा सार्वजनिक गरेको उम्मेदवारको वरिष्ठ उपाध्यक्षमा होमबहादुर तामाङ , प्रथम उपाध्यक्षमा धनसिह तामाङ, द्वितीयउपाध्यक्ष दिपक लामा,महासचिवमा सुशील फुयाल उपमहासचिव बाबुराम पाण्डे, सचिवमा कृष्णप्रसाद अधिकारी,सहसचिव अरुण थापा, कोषाध्यक्षमा शंकर प्याकुरेल र सहकोषाध्यक्ष बिकेश पन्डित रहेका छन । अन्य सदस्यको पदमा भने छलफल भोलिसम्ममा टुङ्ग्याउने नेपमली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्र अधिकारीले बताए । कांग्रेसको सर्मथन पाएर अध्यक्षका दाबेदार बनेका कृष्ण थपलियाले आफु अध्यक्षमा उठ्नु पाँच कारण रहेको बताए । उनका पाँच एजेन्डामा साना निर्माण व्यवसायीलाई मिलाएर लैजाने ,निर्माण कार्य चक्रिय रुपमा वितरण गर्ने, निर्माण व्यवसायीको हकहितको लागि इन्सुरेन्सको व्यवस्था गर्ने, निर्माण व्यवसायीका लागि अक्षयकोषको व्यवस्थ गर्ने रहेको छन । अध्यक्षका दाबेदार थपलियाले निर्माण व्यवसायी संघको भवनको तला थप्ने बताए ।


थपलियाले आफ्नो नेतृत्वको समुह विजयी भएमा निर्माण व्यवसायी सहकारी संस्था दर्ता गरेर मध्यमस्थरका निर्माण व्यवसायीलाई सहज बनाउन सहकारी पनि संचालन गर्ने बताए । उनले व्यवसायीसँग आम्लदानी नभएको खण्डमा निर्वाचित भएका १८ महिनामा आफ्नो व्यत्तिगत खर्चमा भएपनि तला थप्ने बताए । थपलियाले नेतृत्वको समुहले बरिस्ठ उपाध्यक्षमा होम बहादुर तामाङ , प्रथम उपाध्यक्षमा धनसिह तामाङ, द्वितीय उपाध्यक्ष दिपक लामा,महासचिवमा सुशील फुयाल उप महासचिव बाबुराम पाण्डे, सचिवमा प्रसाद अधिकारी,सहसचिव सैलेश सिलवाल, कोषाध्यक्षमा शंकर प्याकुरेल र सह कोषाध्यक्ष बिकेश पन्डित रहेका छन । दुबै अध्यक्षका प्रत्च्यासी अधिकारी र थपलियाले पार्टीको आधिकारीक सर्मथन आफुलाई रहने भन्दै जित आफ्नो पक्षको हुने बताएका छन ।
यसअघि नेपाली कांग्रेस निकट मानिएका अहिलेका अध्यक्ष सुमन अधिकारीले यसअघि आफ्नो प्यानलको घोषणा गरिसकेका छन । अध्यक्ष अधिकारीको टिममा वरिष्ट उपाध्यक्षको रुपमा सैलेन्द्रराज प्याकुरेल, प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, दितिय उपाध्यक्षमा पशुपति थापा,महासचिवमा रमेश बस्नेत, सचिवमा रामसिंह तामाङ, सहसचिवमा अशोक अधिकारी, कोषध्यक्षमा राजकुमार श्रेष्ठ,र सहकोषाध्यक्षमा शिवलाल श्रेष्ठ रहेका छन । नुवाकोट निर्माण व्यवसायी संघमा अहिले ४ सय ५० भन्दाबढी सदस्य रहेको नुवाकोट निर्माण व्यवसायी संघले जनाएको छ । अध्यक्षका प्रत्याशी दुबै कांग्रेस निकट भएपनि अधिकारीलाई नेकपा र राप्रापा निकट व्यवसायीको समेत साथ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित
काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईको निर्णय
रसुवामा कांग्रेसका आचार्यको फराकिलाे अग्रता





प्रतिक्रिया