नुवाकोटका सुनबहादुर तामाङ पक्राउ
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडानम्बर १ का पूर्व वडाध्यक्ष सुनबहादुर तामाङ फेरि पक्राउ परेका छन् ।
यसअघि चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेर उच्च अदालतबाट सफाइ पाएका उनी यो पटक जापान पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनले हिरादेवी थापालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु र त्यसका लागि १२ लाख रुपैयाँ लाग्छ, जापान पुगेपछि मासिक १ लाख रुपैयाँ भन्दा बढी तलब हुने गरी कृषिमा काम लगाइदिन्छु भनी १२ लाख रुपैयाँ ठगेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट खटिएको टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका ४ माकलवारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
२०७४ सालको चुनावमा दुप्चेश्वर गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेलगत्तै मानव बेचबिखन मुद्दामा जिल्ला अदालत नुवाकोटबाट दोषी ठहर भएपछि निलम्बनमा थिए ।
सुन्तली तामाङसहित दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका उनलाई मानव बेचबिखनको एउटा मुद्दामा जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।
तर पछि उच्च अदालत पाटनले २०७६ मा उनलाई सफाइ दिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया