नुवाकोटको बेलकोटगढीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका ७ ठूलोखोला पुल नजिकै टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।
दुर्घटनामा लिखु गाउँपालिका १ का ५० वर्षीय नेत्रमान कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । बिहीबारको दुर्घटनामा घाइते भएका नेत्रमानलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा लगेपछि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रसुवाबाट काठमाडौतर्फ जाँदै गरेको बा ३–००१ ख २५८४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ०२–२९ प ५७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार नेत्रमानको मृत्यु भएको हो भने उनका २० वर्षीय छोरा निरज विक घाइते भएका छन् ।
निरजको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारमा गराइएको छ । टिपर चालक धादिङ धुनिबेसीका सन्दीप कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया