धादिङमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
विदुर खबर
२०८० वैशाख ३० गते १३:५८

नुवाकोट । धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।
काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी आगो लागेको हो । बसको इन्जिनबाट धुँवा निसक्ने बित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय क्षति हुन नपाएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
उक्त बसमा ३३ यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा लागेको आगो राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट बसका सबै सिट जलेर नष्ट भएका छन् भने अगाडि र झ्यालका सबै सिसामा पूर्ण रुपले क्षति पुगेको छ । विद्युत सर्ट भइ बसमा आगो लागेको प्रहरीको अनुमान छ ।
सम्बन्धित
प्रतिक्रिया