नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको क्यालेन्डर विमोचन

नुवाकोट । नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले नयाँ वर्ष २०८० सालको क्यालेन्डर बिमोचन गरेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रममा क्यालेन्डर बिमोचन गरिएको हो ।
क्यालेन्डरको विमोचन नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष वासुदेव अधिकारी, नेपाली कांग्रेस नुवाकोटका पुर्व सचिव सुरेन्द्र अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्य लगालयतले संयुत्त रुपमा गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित सदस्य तारावहादुर कार्की नुवाकोटमा रहेका होटलहरुले अहिल मन्दीको सामना गर्नुपरेको बताए । उनले त्रिदेशीय राजमार्गको रुपमा रहेको नुवाकोटले त्यसको फाइदा लिन नसकेको भन्दै सबै सरोकारवालाहरु एकजुट मिलेर काम गर्नुपर्नै बताए ।
यस्तै कार्यक्रममा अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०८० सालको क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए ।
क्यालेन्डरमा नुवाकोटका विभिन्न होटलहरुको वारेमा जानकारी समेटिएको अधिकारीले बताए । उनले क्यालेन्डरमार्पmत नुवाकोटमा रहेका प्रमुख गन्तव्यको रुपमा गन्तव्यको रुपमा रहेका होटलहरु चिनाउने उद्देश्य रहेको नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया