पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्याे
विदुर खबर
२०७९ चैत २१ गते ८:४५
नुवाकोट । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।
सोमबार नेपाल आयल निगमकाे सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० / १० रुपैयाँले र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने निर्णय भएको हाे।
खाना पकाउने ग्याँसको मूल्य भने हाललाई प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत राखिएको छ । अब डिजेल र मटीतेलको खुद्रा मूल्य लिटरकाे १७५ रूपैयाँबाट घटेर १६५ रुपैयाँमा झरेकाे छ ।
यसैगरी, हवाई इन्धनमा पनि प्रतिलिटर १० रुपैयाँले गिरावट भएकाे छ । पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेर १७५ रुपैयाँमा खरिद गर्न पाइनेछ । यसअघि भारतबाट इन्धनकाे मूल्य घटेर आएको थियाे ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया