धादिङमा एसइईका एक नक्कली परीक्षार्थी पक्राउ
नुवाकोट । धादिङको खनियाबास गाउँपालिकास्थित बच्छलादेवी माध्यमिक विद्यालय स्रोत केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
खनियाबास गाउँपालिकाको वृचेत माध्यमिक विद्यालयका परीक्षार्थी राज तामाङको सट्टा परीक्षा दिइरहेको अवस्थामा सञ्जय लामालाई पक्राउ गरिएको हो । अनुगमनका क्रममा केन्द्राध्यक्ष चित्रबहादुर गुरुङसहितको टोलीले नक्कली परीक्षार्थी पहिचान गरेको जिल्ला शिक्षा समन्वय इकाई धादिङका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले बताए ।
‘शिक्षा ऐन २०२८ को नियमअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘शिक्षा ऐनमा अरुको परीक्षा दिएमा १ लाखसम्म जरिवाना या छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ भनेर लेखिएको छ । त्यहीअनुसार मुद्दा दर्ता भएर अघि बढ्छ ।’
राज तामाङको आज दिइएको परीक्षा रद्द भएको इकाई प्रमुख क्षेत्रीले बताए । तामाङको यो ग्रेड वृद्धि परीक्षा हो । ‘कुनै एक वा दुई विषयमा परीक्षा दिने खालको विद्यार्थी पनि हुन सक्छ ।
बाँकी परीक्षा छ भने परीक्षा दिन नपाउन पनि सक्छ,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै





प्रतिक्रिया