बैंकको ब्याजदर घट्यो
नुवाकोट । नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ ।
संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको संघका एक कार्यसमिति सदस्यले बताए । यस अघि बचततर्फको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत थियो।
बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यस अघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।
बैंकहरुले माघमा कर्जाको ब्याज १ प्रतिशत घटाएका थिए भने फागुनमा निक्षेपको ब्याज घटाएका थिए । बैंकहरुले ब्याजदर घटाउदा लागत घट्न गई बैंकहरुको औसत बेस रेट घटेको छ । बैंकहरुको हालको औसत बेसरेटलाई आधार मान्दा र अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था हुँदा ऋणको ब्याज अब १४ प्रतिशतभन्दा माथि नजाने देखिन्छ ।
यी दुवै व्यवस्था चैत्र देखि लागु हुने छ । बैठकले मुद्दती निक्षेपको ब्याजदरमा भने फेरबदल गरेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया