नुवाकोटमा मतदाता नामावली अद्यावधिक सुरु
नुवाकोट । निर्वाचन आयोगले नुवाकोटमा मतदाता नामावली अद्यावधिक गर्न थालेको छ ।
दोहोरो मतदाता, निधन भएका, नाम फरक, दुई स्थानीय तहमा नामावली रहेको लगायत त्रुटि सच्याउने कार्य थालिएको हो ।
जिल्लाका १५ सय दोहोरो मतदाता हटाइएको जिल्ला निर्वाचन कार्यालयका जयप्रसाद गौतमले बताए । साथै चितवन २ मा हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
आयोगले तयार गरेको फोटोसहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न सहज पहुँच प्रदान गर्ने जनाएको छ । नुवाकोटमा २ संघीय र ४ प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लामा मतदाता संख्या २ लाख ४० हजार २ सय ७८ पुगेको छ । १ सय ३२ मतदानस्थल र २ सय ८८ स्थायी मतदान केन्द्र छन् भने २ वटा अस्थायी मतदान केन्द्र छन् ।
३२ करोड निर्वाचन खर्च मिनाहा
गएको स्थानीय निर्वाचनमा गाउँपालिका सदस्यदेखि नगरप्रमुखसम्म क्रमशः १ लाख ५० हजारदेखि ४ लाख ५० हजारसम्मको गरी ३२ करोड रुपैयाँ निर्वाचन खर्च मिनाहा भएको कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया