अपर तामाकोशीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
विदुर खबर
२०७९ फागुन १६ गते २०:१५
नुवाकोट । विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।
आयोगको आज बसको १८७ औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न दिने निर्णय भएको हो । आयोगका अध्यक्ष दिल्ली सिहंले अपर तामाकोशी हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय भएको हो ।
कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । अपर तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्दै आइरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया