सत्ता गठबन्धनमा खटपट सुरु भइसक्यो : कांग्रेस प्रवक्ता महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताएका छन् ।
उनले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने र कांग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी गरे । सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्याइएको दाबी गरे ।
‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्याइएको छ,’ उनले भने, ‘तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’
उनले शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव रहेको बताए । ‘हामी ढिलो चाँडो फेरि सत्तामा आउनेछौं, विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं,’ प्रवक्ता महतले भने ।
उनले नुवाकोटको आर्थिक वृद्धि र विकासको सम्भावनाको चर्चा गरे । ‘हाम्रो जिल्ला रसुवागढी नाकाको नजिक छ । सो नाका जोड्ने सडक निर्माणमात्रै भए पनि हामी व्यापारिक क्षेत्रको रुपमा विकास गर्न सक्छौं,’ उनले भने ।
सातौं नुवाकोट महोत्सव शुक्रबारबाट सुरु भएको हो । विदुर नगरपालिका-५, पिपलटारमा एक समारोहबीच नेपाली कांग्रेसका नेता तथा संघीय सांसद् अर्जुननरसिंह केसीले महोत्सव उद्घाटन गरेका थिए ।
महोत्सवमा विभिन्न झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरिएको थियो । मगरको घाटुनाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, नेवारको धिमे बाजा, लाखे नाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको थियो । महोत्सव आउँदो फागुन १० गतेसम्म चल्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया