युवा नेता शुशिल खड्काद्धारा आगलागी पिडितलाई राहात वितरण

विदुर खबर २०७९ पुष १८ गते २१:२०

नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता तथा समाजसेवी शुशिल खड्काले दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को घ्यावाचौरका आगलागी पिडितलाई राहात वितरण गरेका छन् ।

Advertisement

यहि पौष १३ गते बुधवार स्थानिय कान्छा शेर्पाको घरमा आगालागी हुँदा अन्नबाली लत्ता कपडाका साथै भाडाकुडा जलेर नष्ट भएको थियो । घरमा आगलागी हुँदा लगाउने कपडा र सुत्ने आछ्यान समेत नभएको गुनासो आएपछि समाजसेवी खड्का नगद ५ हजार रुपैयाँसहित लत्ताकपडा, खाद्यान्न र सिरक डसना लिएर शेर्पाको घरमा पुगेका हुन् ।

नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) का प्रत्याशी समेत रहेका खड्काले निर्वाचनमा आफुले गरेको प्रतिवद्धता अनुसार जनताको दुखमा सानो सहयोग गर्न सकेकोमा खुशी लागेको बताए ।

Advertisement

उनले निर्वाचनमा जनताको बिचमा गरेको बिकासको प्रतिबद्धताहरुलाई कार्यान्यनको चरणमा लगेको जानकारी दिए ।

यसअघि खड्काले आफ्नो व्यत्तिगत खर्चमा शनिवार पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का रामकुमार खड्कालाई सिंचाईको लागि करिव ३० हजार मुल्य बराबरको एक क्वाइल पाइप सहयोग गरेका थिए ।

Advertisement

नुवाकोटमा सामाजिक काममा राम्रो छवि बनाएका खड्काले आफुलाई सुखमा नभई दुःखमा सम्झन सबैलाई अनुरोध गर्दै आएका छन् ।

खड्काले नुवाकोटको विभिन्न स्थानमा व्यक्तिगत लगानीमा समेत पुलदेखि

प्रतिक्रिया