नुवाकोटको मेरो माइक्रोफाइनान्सद्धारा साधारणसभा आह्वान
नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ।
कम्पनीले माघ ६ गते सभा आह्वान गरेको हो। क्राउन होटल हारती गंगटे, नुवाकोटमा आयोजना गरिएको छ।कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव पेस गर्दै छ। साधारणसभाले पारित गरेगरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस्ता छन् सभामा पेश हुने प्रस्ताव,
सामान्य प्रस्ताव,
आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।
लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ।व। २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने।
आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
विशेष प्रस्तावहरु,
संस्थाको अधिकृत पुजीँ २० करोड पुर्याउने प्रस्ताव पेस गर्ने
वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोही बमोजिम गर्न तथा गराउन सञ्चालक समितिलाई अख्तियारी दिने
यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पुर्ण आवश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु 





प्रतिक्रिया