माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेता केसीबीच भेटवार्ता
नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।
नेता केसीले सोमबार दिउँसो सिंहदरबारमा अध्यक्ष दाहालसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई नेताबीच चुनावी परिणाम, नयाँ सरकार गठन र संसद् सञ्चालन लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको थियो ।
अध्यक्ष दाहालले कांग्रेसभित्रको आन्तरिक समीकरण र संसदीय दलको निर्वाचनका विषयमा चासो राखेका थिए । वर्तमान सत्ता गठबन्धनको सरकार निर्माण र त्यसकालागि भइरहेका प्रयासबारे समेत दुई नेताबीच छलफल भएको छ ।
नेता केसीले अध्यक्ष दाहालसँग सामान्य शिष्टाचार भेट गरेको बताए । ‘भेट भयो, बधाइ र शुभकामना आदान प्रदान भयो,’ उनले भने, ‘अहिलेको चुनावी परिणाम, सरकार सञ्चालन लगायत विषयहरुमा पनि छलफल भयो ।’ नेता केसीले आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निवासमै पुगेर भेटेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया