प्रतिपक्षमा बस्ने जसपाको संकेत
नुवाकोट । तराई मेधेशमा यो पटक खुम्चिएको जनता समाजबादी पार्टीले प्रतिपक्षमा बस्ने संकेत गरेको छ ।
निर्वाचनको मुखमा गठवन्धनबाट बाहिरिएर एमालेसंग तालमेल गरेको जसपाले जनमत अनुसार प्रतिपक्षमा बस्ने संकेत गरेको हो । यद्यपी निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गरेपनि मात्रै निर्णय गरिने जसपाका प्रवक्ता मनिश सुमनले बताउनुभयो । जसपालाई पुन गठवन्धनमा ल्याउने विषयमा सत्तारुढ दलहरुबीच छलफल समेत जारी छ ।
यसअघी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको तालमेल अव समाप्त भएको घोषणा गरेसंगै जसपा गठवन्धमा सामेल हुने अनुमान गरिएको छ । एमालेसँगको चुनावी सहकार्य सकिएको बताएको जसपाको आगामी राजनीतिक यात्राबारे चासो बढेको छ ।
प्रतिनिधिसभातर्फ जसपाले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा जित हासिल गरेको छ भने समानुपातिकतर्फ ४ लाख २० हजार ९ सय ५४ मत सहित राष्ट्रिय दल बनेको छ ।
पार्टी अध्यक्ष यादव भने सप्तरी २ मा जनमत पार्टीका सीके राउतसंग पराजित हुनुभएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया