३० बर्षपछि गर्भवती बन्ने हो भने यसरी गरौं पूर्व तयारी
हामीकहाँ भनाई नै छ, बिस बर्षपछि बिहेवारी । यसको सामाजिक, आर्थिक, बैज्ञानिक अर्थ छ । २० बर्षपछि महिलाहरु बिवाहका लागि योग्य हुन्छन्, शारीरिक र मानसिक रुपले ।
तर, बिवाह गर्ने, आमा हुने समय आफ्नो तालिका अनुसार सबै ठिकठाक हुन्छ भन्ने छैन । कतिपयले बिवाह गर्दै निश्चित उमेर घर्किसकेको हुन्छ । कतिपयले अली चाडै बिहे गर्छन् । हाम्रो सामाजिक मान्यता के छ भने, बिहेपछि बच्चा जन्माउने ।
बच्चा जन्माउनका लागि पनि निश्चित उमेर समूह छ । कलिलो उमेरमा वा प्रौड भइसकेपछिको अवस्थामा बच्चा जन्माउनु उत्ति सुरक्षित मानिदैन । त्यसले बच्चा अस्वस्थ्य जन्मिने खतरा त हुन्छ नै, आमाको स्वास्थ्यलाई पनि हानी पुर्याउन सक्छ ।
बच्चा जन्माउनका लागि निश्चित समय तालिका मिलाउने प्रयास गरिन्छ । तर, विभिन्न कारणले त्यसमा तालमेल मिलिरहेको हुदैन ।
कतिले ३० बर्षको उमेरपछि फेमेली प्लानिङ गर्छन् । यदि त्यसो हो भने, केहि समयअघि नै आवश्यक तयारी गर्नुपर्छ । ३० बर्षको उमेरपछि फर्टिलिटी राम्रो बनिरहेको छ र प्रेग्नेन्सीको प्लान गरिरहेको छ भने, नतिजा राम्रो आउन सक्छ । यसको पूर्व तयारी कसरी गर्ने त ?
स्वास्थ्य खानपान गरौं
आफ्नो खानेकुरामा प्रजनन क्षमता बढाउने खानेकुरा बढाउनुपर्छ । सूर्यमुखीको बिज, एभोकाडो जस्तो मोनोअनसेचुरेटेड फ्याट र ताजा मौसमी फल खानुपर्छ । हरियो सागसब्जी खानुपर्छ । ओभ्युलेसन र पीरियड्स जस्ता महत्वपूर्ण कार्यका लागि शरीरमा सूक्ष्म पोषक तत्व वा माइक्रोन्यूटि्रएन्ट्स मिल्नुपर्छ । आफ्नो फलिक्यूलर चरणमा सब्जीको रस खानुपर्छ ।
घरेलु ट्रिटमेन्ट लिने
सौन्दर्य प्रसाधन प्रयोग गर्ने कुरामा पनि सर्तक हुनुपर्छ । किनभने रसायनयुक्त प्रसाधनको कारण प्रजनन क्षमतामा असर पर्न सक्छ । घरमा पाइने केहि सौन्दर्य र घरेलु उत्पादन केमिकल्स फ्रि हुन्छ । यस्तो घरेलु उत्पादन प्रयोग गरौं, जसले शरीरमा कुनै हानी गर्दैन ।
गर्भनिरोधक चक्की नखाने
जन्म निरोधक चक्की खानुको बदलामा हर्मोन्सलाई सन्तुलन गर्ने उचित औषधी लिनुपर्छ । आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन ल्याएर हर्मोनल असन्तुलन ठीक गर्ने प्रयास गरौं ।
फिजिकल फिट रहने
३० बर्षपछि आमा बन्ने महिलाका लागि शारीरिक व्यायाम एकदमै आवश्यक हुन्छ । त्यसैले नियमित व्यायाम गरौं । यसले शारीरिक तथा मानसिक रुपमा बलियो बनाउँछ ।
मदिरापानबाट टाढा रहने
यदि मद्यपान, धुमपान गरिरहेको छ भने त्यसलाई बन्द गरौं । किनभने यसमा रहेको हानिकारक तत्वले प्रजनन क्षमतामा असर गर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया