रसुवामा मतदान अधिकृतलाई तालिम
रसुवा। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदन अधिकृतलाई तालिम दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालय रसुवाले सोमबार र मंगलबार गरी निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको हो ।
सदरमुकाम धुन्चेमा रहेको जिल्ला समन्वय समितिको हलामा राखेर तालिम दिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए । ‘तालिममा निर्वाचन आचारसंहिता, मतदानस्थलमा पुगेपछिको काम, कर्तव्य, अधिकारको बारेमा जानकारी गराइएको थियो,’ उनले भने ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कानुन र आचारसंहिताको विषयमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले सहभागीहरुलाई जानकारी गराएका थिए । तालिममा ५६ मतदन अधिकृत र ५६ जना सहायक मतदान अधिकृत सहभागी थिए ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले मतदान पूर्वका व्यवस्थापकीय पक्षको विषयमा प्रस्तुत गरेका थिए । निर्वाचान कार्यालयका अनुसार रसुवा जिल्लामा कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र थप भएसँगै ३६ मतदानस्थल र ५४ वटा मतदान केन्द्र छ । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् । जसमध्ये महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया