नुवाकोटामा आमाछोरीको हत्या प्रकरण: २१ वर्षीय युवक पक्राउ
नुवाकोट । नुवाकोटमा आमाछोरीको हत्या घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। २० वर्षीया आमा र ३ वर्षीया छोरीको हत्या गरेको अभियोगमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ का २१ वर्षीय पुस्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसप) रुपक खड्काले जानकारी दिए।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको हत्या भएको थियो। प्रहरीका अनुसार आमाछोरीको शव विभत्स अवस्थामा घरको आँगन र पिँढीमा भेटिएको थियो।
पक्राउ परेका सोनम आमाछोरीको हत्या भएको दिन धारिलो (घरेलु) हतियार बोकेर घटनास्थलतर्फ गएको देखिएको डीएसपी खड्काले जानकारी दिए। खड्काका अनुसार घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ।
घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौंतर्फ जान लागेको समयमा आज (मंगलबार) बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको डीएसपी खड्काले जानकारी दिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया