नुवाकोटको दुप्चेश्वरमा आमाछोरीको घाँटी रेटि हत्या
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नम्बर ५ ढूलोढुंगा स्थित भंगेरीमा आमा छोरीको वित्भस हत्या भएको छ ।
घरमा कोही नभएको र श्रीमान छिमेकीको धान भित्राउने मेलामा गएको मौका छोपी स्थानीय पुस्कल तामाङले केशव खतिवडाका २१ वर्षिय श्रीमती सम्झना खतिवडा र ५ वर्षिय छोरी क्रिष्टिना खतिवडाको वित्भस हत्या गरेका हुन् ।
स्थानीय गोकर्ण गुरागाईका अनुसार, घटना अहिले साँझ ६ बजेको हो । आमा छोरीको हत्या गरेर अभियुक्त तामाङ फरार भएका छन् । आमा छोरी दुवैको गर्धनमा खुर्पा प्रहार गरीएको देखिएको छ । आमाको लाश घरको आँगनमा र छोरीको घरको मूल ढोका अगाडी घुडाँ मारेर बसेको अवस्थामा रहेको थियो ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । यो घर एकान्त जस्तोमा छ । वरपर एक सय मिटरसम्म अरु घर नरहेको र एकान्त जस्तो अवस्थामा रहेको घरमा पुगेर तामाङले खुर्पा प्रहार गरी आमा छोरीको वित्भस हत्या गरेको देखिएको स्थानीयको भनाई छ ।
प्रहरीले फरार अभियुक्तको खोजी शुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया