रसुवामा एकै महिनामा ४ हजार ८ सय पर्यटक भित्रिए
रसुवा । वर्षा सकिएर मौसम सफा भएसँगै लाङटाङ क्षेत्र घुम्न आउने वदेशी तथा स्वदेशी पर्यटकको संख्या बढ्न थालेको छ ।
अंग्रेजी क्यालेण्डर अनुसार सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटक घुम्ने मुख्य सिजन मानिन्छ । कोरोना संक्रमण मत्थर हुँदै गएपछि तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइकुण्ड लगायत पर्यटकीय क्षेत्रमा विदेशी तथा स्वदेशीहरूको बाक्लो उपस्थिति रहेको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलका अनुसार पछिल्लो समय पर्यटकको आउने क्रम बढेको छ । ‘पर्यटक आउने मुख्य सिजन पनि सुरु भइसकेको छ । अहिले यी क्षेत्रका पदमार्ग तथा होटल जता ततै पर्यटकहरूको चहपहल देखिन्छ,’ गजुरेलले चजे ।
कारोना भाइरस (कोभिड–१९)को असरका कारण नेपालकै तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्रमा करिब २ वर्ष पर्यटकीय गतिविधि ठप्प भएको थियो । कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि अहिले लाङटाङ क्षेत्र घुम्नका लागि आउने पर्यटकको संख्या बढ्दै गएको हो ।
पर्यटक आउने क्रम बढ्न थालेपछि स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू पनि उत्साहित भएको गजुरेल बताउँछन् । लाङटाङ राष्ट्रिय निकुञ्जकको ब्राबल चेक प्वाइन्टबाट हिजोआज दैनिक स्वदेशी र विदेशी गरि सरदर एक सय ६० को हाराहारीमा पर्यटकहरू प्रवेश गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।
भट्टराईका अनुसार पछिल्लो समय दैनिक रुपमा ५० जना विदेशी र ११० जना स्वदेशी पर्यटकहरू प्रवेश गर्दै आएका छन् । चालु आर्थिक वर्षको असोस मसान्तसम्म स्वदेशी र विदेशी गरि १३ हजार ५ सय ७६ पर्यटक लाङटाङ क्षेत्र घुम्नका लागि आएका छन् ।
साउन महिनामा ७ हजार ९ सय ५५ पर्यटक रसुवा घुम्न आएका थिए । जसमध्ये ७ हजार ८ सय ९२ स्वदेशी र ६३ जना विदेशी थिए । भदौमा ८ सय ५ जना पर्यटक घुम्न आएको लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर नितेन्द्र कुमार सिंहले बताए । जसमध्ये स्वदेशी ६ सय ९७ र विदेशी १ सय ८ जना थिए ।
यस्तै, असोज महिनामा ४ हजार ८ सय १६ पर्यटक आएको तथ्याङक निकुञ्जले सार्वजनिक गरेको छ । त्यसमध्ये स्वदेशी ३ हजार २ सय ३७ र विदेशी १ हजार ५ सय ७९ रहेका छन् । पर्यटकहरू पदयात्राको लागि लाङटाङ, गोसाइकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन्।
लाङटाङ राष्ट्रिय निकुञ्जले २०७५ असोज २९ गतेदेखि लाङटाङ र गोसाइकुण्ड जाने स्वदेशी पर्यटकहरूको तथ्याङ्क राख्न थालेको छ । लाङटाङ र गोसाइकुण्ड जाने स्वदेशी पर्यटकसँग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्न थालिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।
निकुञ्जले असोज २९ गतेदेखि स्वदेशी पर्यटकसँग प्रवेश शुल्क वापत एक सय रुपैयाँ लिँदै आएको छ । रसुवा जिल्लामा घुम्न तीनवटा पदमार्ग छन् । धुन्चे गोसाइकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइकुण्ड पदमार्ग, स्याफ्रुबेंसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्म तामाङ सम्पदा मार्ग छन् ।
यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाईकुण्ड, तामाङ सम्पदार्माग भित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिमचितुवा र कस्तुरीमृग लगायतका जीवजन्तु पनि हेर्न पाइन्छ । पछिल्ला वर्ष रसुवा जिल्लाको लाङटाङ, गोसाईकुण्ड र तामाङ सम्पदामार्ग घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया