काठमाडौंको गोठाटारमा गोली चल्यो, एक घाइते
विदुर खबर
२०७९ असोज ३ गते २१:२१
नुवाकोट । काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका छन् । गोली चलेपछि उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगिसकेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन ।
केही स्थानीयहरूले भने उक्त स्थानमा तीन राउन्ड गोली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो ।
अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे विवरण लिइरहेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न





प्रतिक्रिया