विदुर खानेपानीको नवनिर्वाचित पदाधिकारीलाई नगरपालिकाको स्वागत
नुवाकोट । विदुर नगरपालिकाले विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
आईतवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरुले विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नव निर्वाचित पदाधिकारीहरुले आगामी दिनमा नगरवासीलाई सफा र स्वस्च्छ पानी वितरण गर्ने विश्वास व्यक्त गरे । उनले नगरवासीलाई सफा पानी खुवाउन नगरपालिकाले कनै कसर बाँकी नराख्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका नव निर्वाचित अध्यक्ष संजीव श्रेष्ठले विदुर खानेपानी संस्था नाफामूलक नभएकोले विदुर नगरपालिकाले मासिक रुपमा संस्थाको प्रशासकीय र मर्मत खर्च उपलब्ध गराए विदुर खानेपानीले आफ्ना उपभोक्ताहरु निशुल्क रुपमा उपलब्ध गराउन सक्ने बताए ।
श्रेष्ठले विदुर नगरपालिकाको सहकार्य गरेर हरेक भान्छाका महिलासँग सहकार्यमा सिङ्गो विदुर नगरपालिका सरसफाई अभियान जुटाउन सकेमात्र आफु निर्वाचित भएको औचित्य पूर्ण हुने बताए ।
नगरक्षेत्रमा विकास निर्माणको क्रममा खानेपानीका पाईपहरु क्षतविक्षत हुने गरेकोले त्यस्ता कार्य गर्दा गर्दा खानेपानी संस्थालाई जानकारी गराई कार्य गर्न नगर प्रमुख राजन श्रेष्ठलाई अनुरोध गरे ।
कदमकदाचित त्यस्ता विकास निर्माण कार्यले भत्केका, चुडीएका पाईपलाईनहरु सम्बन्धित निर्माण पक्षले नै बनाई दिनुपर्ने निर्णय गराईदिए संस्थाको क्षति न्यून हुनुको साथै व्ययभार कम हुने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया