विदुर खानेपानी उपभोक्ता समितिको नेतृत्व हत्याउन डंगोल र श्रेष्ठ मैदानमा
नवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेडको आठौ अधिवेशनमा नेतृत्व हत्याउन नेपाली काग्रेस र एमाले दुबैले कम्मकर कसेर लागेका छन् ।
आगामी सोमवार हुने समितिको अधिवेशनमा आफ्ना प्रतिनिधिलाई जिताउन कांग्रेस र एमाले दुबै दल गठबन्धन गरेर निर्वाचनमा होमिएका हुन् ।
कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी एकातर्फ उभिएका छन् भने अर्काेतर्फ नेकपा एमाले र रााष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धन गरेका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन दलका साझा उम्मेद्धवारहरु
कांग्रेस नेतृत्वको गठबन्धनले अध्यक्षमा छत्रराज डगोललाई अघि सार्दा एमालेले संञ्जीव श्रेष्ठलाई अगाडी सारेको छ । यस्तै उपाध्यक्षमा गठबन्धन दलको तर्फबाट नमराज न्यौपानेले उम्मेद्धवारी दिँदा राप्रपाका महेशकुमार डंगोल र मुरारी नेपालले स्वतन्त्र उम्मेद्धवारी दिएका छन् ।
कोषाध्यक्षमा गठबन्धन दलको तर्फबाट रविता भट्ट र एमालेको तर्फबाट अम्बिका चित्रकारले उम्मेद्धवारी दिएकी छिन् । सचिवमा गठबन्धन दलकोतर्फबाट नरेशवहादुर डंगोल र एमालेको तर्फबाट राजेन्द्र पाण्डेको उम्मेद्धवारी परेको छ ।
सदस्यमा गठबन्धनको तर्फबाट राजेन्द्र सापकोटा, रामजी भट्ट र पदमकान्त न्यौपानेको उम्मेद्धवारी परेको छ भने एमालेको तर्फबाट कृष्णप्रसाद भट्ट , लवप्रसाद न्यौपाने र दिपकबहादुर तिम्सिनाको उम्मेद्धवारी परेको छ । यस्तै स्वतन्त्रको तर्फबाट दिपक खड्काले उम्मेद्धवारी दिएका छन् ।

नेकपा एमाले र राप्रपाको तर्फबाट उम्मेद्धवारी दिएका उम्मेद्धवारहरु ।
झण्डै ४ हजार उपभोत्ता रहेको खानेपानी समितिको निर्वाचनमा ३ हजार एकसय ४१ जनाले मतदान गर्नेछन् ।
विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरण गरिरहेको विदर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनलाई राजनितिक दलले प्रतिष्ठाको विषय बनाएका छन् ।
यसअघि २०७५ सालमा सम्पन्न भएको खानेपानी समितिको अधिवेशनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा प्यानल नै विजयी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया