नुवाकोटमा एक वर्षमा सवारी र्दुघटनाबाट १४ जनाको मृत्यु
नुवाकोट । नुवाकोटमा गत आर्थिक वर्ष २०७८÷७९ मा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ८५ वटा सवार दुर्घटना भएको थियो । विभिन्न ८५ वटा सडक दुर्घटनामा परी १० जना पुरुष, ३ जना महिला र १ जना बालिकाको मृत्यु भएको हो ।
त्यस्तै सडक दुर्घटनाबाट ५२ जना गम्भिर घाइते र २ सय ३५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटका प्रमुख गुणनिधी खकुरेलले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा ७० वटा सडक दुर्घटना हुदा ११ जनाको मृत्यु, २६ जना गम्भिर घाइते र ६२ जना सामान्य घाइते भएका थिए । यस्तै, गत आर्थिक वर्ष २०७४र७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटले १ करोड ३४ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । टूफिक नियम बिपरित सञ्चालित १६ हजार १ सय ५० सवारी साधनलाई कारवाही गर्दा उक्त राजस्व संकलन भएको हो ।
४ हजार ८ सय ५४ टूकको कारवाहीबाट ४२ लाख ६८ हजार ५ सय रुपैयाँ, ७ सय २६ वटा बसको कारबाहीबाट ६ लाख ४६ हजार ५ सय रुपैयाँ र १ हजार ८१ वटा कार जिप भ्यानको कारबाहीबाट ९ भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटका प्रमुख गुणनिधी खकुरेलले जानकारी दिए ।
त्यस्तै गत आर्थिक वर्षमा ३ सय ४१ वटा ट्याक्टरको कारबाहीबाट ३ लाख २० हजार ५ सय रूपैयाँ, ८ हजार ९ सय ३९ वटा मोटरसाइकलको कारबाहीबाट ७१ लाख ७९ हजार रूपैयाँ र १ सय ७१ वटा अन्य सवारी साधनको कारबाहीबाट १ लाख ४२ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा १६ हजार ६ सय १४ वटा सवारी साधनको कारवाहीबाट १ करोड ४४ लाख १० हजार रपैयाँ राजस्व संकलन भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया