अवैध ९ सय लिटर घरेलु मदिरासहित एक जना पक्राउ
विदुर खबर
२०७९ भदौ ४ गते १९:१९
नुवाकोट । अवैध घरेलु मदिरासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब ९ सय लिटर अवैध घरेलु मदिरासहित शुक्रबार एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-२२ बस्ने ३४ वर्षीय होम प्रसाद भेटवाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरीले सिमराबाट जितपुरतर्फ आउँदै गरेको ना.५ च ३५८६ नम्बरको म्याजिक गाडीलाई जाँच गर्दा गाडीभित्र प्लाष्टिकमा प्याक गरी बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त मदिरा फेला पारी गाडीका चालक भेटवाललाई पक्राउ गरेको जनाइएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया