नुवाकोटमा एक वर्षमा १६ हजार सवारीसाधन कारवाहीमा
नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले एक वर्षको अवधीमा नुवाकोटमा १६ हजार सवारी साधनलाई कारवाहीमा गरेको छ ।
ट्राफिक नियम उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको हो ।
उक्त कारवाहीमा परेका सवारीसाधनबाट एक करोड ३४ लाख ९६ हजार राजस्व सङ्कलन भएको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा वरिष्ठ प्रहरी नायक निरिक्षक गुणनिधि खकुरेलले जानकारी दिए ।
उनका गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा १६ हजार एकसय ५० सवारी साधन कारवाहीमा परेका हुन् ।
खकुरेलका अनुसार आर्थिक वर्ष ०७७÷०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८÷०७९ मा कारवाहीमा पर्ने सवारीसाधनको संख्यामा कमि आएको छ ।
ट्राफिक नियम उलङ्घन गरी सार्वजनिक यातायातमा सिट भन्दा बढी यात्रु बोक्नु, कागजात नवीकरण नगरेको, हेल्मेट प्रयोग नगरेको, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेको सवारीलाई कारवाही गरी राजस्व सङ्कलन गरिएको ट्राफिक प्रमुख खकुरेलको भनाइ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया