कांग्रेस चुनावमा एक्लै जानुपर्छ : अर्जुननरसिंह केसी
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुननरसिंह केसीले आसन्न प्रदेश तथा प्रतिनिधिसभको निर्वाचनमा एक्लै चुनावमा जानुपर्ने बताएका छन् ।
नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीच गठबन्धन गर्ने सहमति गरिसके पनि केसिले गठबन्धनको विरोध गर्दे हिँडेका छन् । उनले चुनावी गठबन्धनको विरोध गर्दै आएका काग्रेस नेता अर्जुननरसिंह केसीले शनिबार विदुरमा आयोजित एक कार्यक्रममा काग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कुरा बताएका छन् ।
विदुरमा आयोजित प्रजातान्त्रिक विचार समाज नुवकोटको जिल्ला अधिवेशनमा बोल्दै केसीले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा जान सक्षम रहेकोले कसैको सहारा नचाहिने बताएका हुन्।् ।
कांग्रेसलाई कसैको बैसाखी चाहिंदैन, धेरै पटकको चुनाव नेपाली कांग्रेसले एक्लै लडेको छु उनले भने । नेता केसीले नुवाकोट क्षेत्र नं २ बाट आगामी निर्वाचनमा निर्वाचन लड्ने बताउँदै गठबन्धनले तयार गर्ने आधारलाई केन्द्रमा राखेर उम्मेदवारी दिन तयारी गर्ने बताए ।
नेता केसीले पार्टी हितलाई नसोचेर ब्यक्तिबादी प्रवृत्तिलाई बढावा दिइए त्यो आफ्ना लागि सह्य नहुने र निर्वाचनमा जनप्रिय र योग्य नेतालाई उम्मेदवारीबाट वञ्चित नगर्न चुनौती दिए ।
कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले अबको निर्वाचन मुलुकको लोकतन्त्रको स्थायित्वका लागि हुने भएकाले सम्पूर्ण पार्टी पंक्ति एक भएर प्रतिपक्षका बिरुद्ध क्रियाशिल हुनुपर्नेमा जोड दिएको समाचार त्रिशुली खवर साप्ताहिकले लेखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया