घर पुनर्निर्माण नगरे फोहोर रोक्ने सिसडोलका पीडितको चेतावनी

नुवाकोट । नुवाकोटको सिसडोलस्थित ककनी गाउँपालिका–१ कोल्पु घर भएका टंकनाथ न्यौपानेले काठमाण्डौ महानगर पालिकाले बाटो निर्माण गर्ने क्रममा नाली थुनिएर घरभरि पानी पसेर बस्नै नसक्ने भएपछि घरको जगदेखि पुनर्निर्माण गर्नुपर्ने माग गर्दै कामपालाई पत्र पठाएका छन् ।
उनले काठमाडौं महानगरपालिकामा पत्र लेख्दै घर पुनर्निर्माण गर्न तत्काल क्षतिपूर्ति माग गर्दै पत्र पठाएका हुन् । फोहोर विसर्जन जाने बाटो नबनाएको कारण नाली पुरिएर घरभित्र भेल पानी पसेर घर लड्ने अवस्थामा पुगेको र त्यस घरलाई भत्किनबाट रोक्न त्यसठाउँमा अनुगमन गरी तत्काल क्षतिपूर्ति दिन माग पत्रमा माग गरिएको छ ।
अन्यथा क्षतिपूर्ति नदिए फोहोर ढुवानीका साधन रोक्न बाध्य हुने उनले लेखेको पत्रमा उल्ल्ेख छ । केही दिनअघि बाटोको पानी खेतमा पसेर बाली सखाप पारेको भन्दै तारकेश्वरका स्थानीयले क्षतिपूर्ति मागेका थिए । यस्ता क्षतिपूर्ति माग्ने दर्जनौं स्थानीयको माग पूरा गर्दागर्दै कामपाले लाखौं खर्चने गरेको छ ।
न्यौपानेले ‘नाली थुनिएर मेरो घर बस्नै नहुने गरी ढल्न थालेपछि के गर्ने त ? पटकपटक ताकेता दिँदा पनि बाटो बनाउने ठेकेदारले बेवास्ता गरेका कारण महानगरलाई बाटो बन्द गर्ने चेतावनी दिएका हुँ ।’ उनले भने । उनले बन्द वा हड्ताल नगरी सुनुवाइ नहुने भएपछि चेतावनी पत्र पठाएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया