कोरोना संक्रमित भेटिएपछि चीनको वुहानमा फेरि लकडाउन
एजेन्सी । कोरोना संक्रमित भेटिएपछि चीनको वुहान शहरमा फेरि लकडाउन गरिएको छ ।
वुहानको एक क्षेत्रमा चार जनामा कोरोना संक्रमण देखिएपछि पुन लकडाउन गरिएको छ । वुहानमा सबैभन्दा पहिला कोरोना संक्रमित फेला परेका थिए ।
वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका चार संक्रमित फेला परेका छन् तर उनीहरुमा कुनै लक्षण देखिएको छैन।
यसपछि उक्त क्षेत्रका मानिसलाई तीन दिनसम्म आफ्नो घरमै बस्न आदेश दिइएको छ । चीनले कोरोना भाइरससँग लड्नका लागि जिरो कोभिडु रणनीतिको पालना गरिरहेको छ ।
यसका साथै ठूलो मात्रमा परीक्षण, कडा आइसोलेशन र लकडाउन गर्दै आएको छ । यसले गर्दा विश्वका अन्य देशको तुलनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको थियो।
१ करोड २० लाख जनसंख्या रहेको वुहान शहरमा नियमित रूपमा कोरोना परीक्षण हुने गरेको छ । २०२० को शुरुआतमा वुहानको चर्चा पूरै विश्वमा थियो किनकी यहाँ वैज्ञानिकले नयाँ भाइरस कोभिड(१९ पत्ता लगाएका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया