विश्वमा माेबाइलको माग घट्न थाल्यो
 
		
	 नुवाकोट ।  विश्वमा मोबाइल फोनको माग घट्दै गएको पाइएको छ ।
नुवाकोट ।  विश्वमा मोबाइल फोनको माग घट्दै गएको पाइएको छ ।
क्षेत्रीय अनिश्चितता र आर्थिक संकटले मोबाइल फोनको ढुवानी विश्वमा ९ प्रतिशतले घटेको क्यानालिसस नामक संस्थाको पछिल्लो अध्ययनले देखाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (अप्रिल–जुन) सम्मको तथ्यांकमा समग्र मोबाइल फोनको बजार घटेको देखिए पनि आईफोन र सामसङको भने बढिरहेको छ ।
आईफोन १३ को बिक्री सबैभन्दा राम्रो रहेको पाइएको छ । कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गर्न लागेको आईफोन १४ को बजार अझै उत्साहप्रद हुने अनुमान गरिएको छ ।
आईफोन १४ का चारवटा मोडल बजारमा आउँदै छन् । विश्वभर मोबाइल फोन ढुवानीमा एप्पलको हिस्सा १७ प्रतिशत छ । अघिल्लो आवको यही अवधिमा १४ प्रतिशत हिस्सा थियो । यसपटक आईफोन १३ को माग उच्च रहेको क्यानालिससले जनाएको छ ।
आईफोनको ढुवानी बढेको भएता पनि विश्वभरको मोबाइल फोन बजारमा सामसङको हिस्सा सबैभन्दा बढी २१ प्रतिशत छ । अघिल्लो वर्षभन्दा यसपटक उसकाे बजार ३ प्रतिशतले बढेको हो । आईफोनभन्दा निकै कम मूल्य पर्ने, सस्ता ग्यालेक्सी ए सिरिजका सामसङ फोनको बिक्री मनग्गे हुने गरेको छ । सस्ता फोनले सामसङको बजार हिस्सा सबैभन्दा धेरै बनाउने गरेको हो । साओमी, ओप्पो र भिभोको मार्केट सेयरमा भने निकै ह्रास आएको छ । हालसम्म विश्वमा जम्मा २८ करोड ७५ लाखवटा मोबाइल फोन बिक्री भएका छन् ।
एप्पलले यही जुलाइ २८ मा आफ्नो आय सार्वजनिक गर्दै छ । गत अप्रिलमा एप्पलका प्रमुख वित्त अधिकारी लुका मेइस्त्रीले वितरण प्रणालीमा कम्पनीले चुनौती झेलिरहेको बताएका थिए । तर आईफोन १३ को माग उस्तै रहेकाले यसबाट कम्पनीले राम्रो आम्दानी गरेको हुनुपर्ने बजार विश्लेषकहरूको भनाइ छ ।
बढ्दो मुद्रास्फिति र घट्दो सञ्चितिले नयाँ फोन किन्नेको संख्या वृद्धि हुन गाह्रो रहेको क्यानालिससका टोबी झुले बताएका छन् । वितरण प्रणालीमा देखिएको अवरोधले पनि मोबाइल फोनको बजार संकुचित हुनेतर्फ उनले सचेत गराएका छन् । विज्ञापन र प्रवर्द्धनका साथै छुट र अन्य विशेष अफर ल्याएर अब माग बढाउन सकिने आशा गरिएको छ ।
‘मूल्य वृद्धि, ढुवानी आदिको दबाब खुकुलो हुँदै गए पनि लजिस्टिक र उत्पादनमा समस्या रहनेछ,’ झुले भनेका छन्, ‘कतिपय उदाउँदा बजारले आयात र भन्सारमा कडाइ गर्दा ढुवानी प्रक्रिया पर सरेका छन् ।’ चिनियाँ फोन निर्मातालाई यी समस्याले बढी असर पार्ने अनुमान गरिएको छ । क्यानालिससको प्रारम्भिक तथ्यांकअनुसार साओमी, ओप्पो, भिभोले अहिले नै दोहोरो–अंकको गिरावट भोगिसकेका छन् । तिनको बजार हिस्सा क्रमशः १४ प्रतिशत, १० प्रतिशत र ९ प्रतिशत छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया