कांग्रेसकी भुसाललाई उपसभामुख बनाउने सहमति
नुवाकोट । प्रतिनिधिसभामा खाली रहेको उपसभामुख पदको लागि यही शुक्रबार निर्वाचन हुने भएको छ ।
संसद् सचिवालयले बुधबार लामो समयसम्म खाली रहेको उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।
यसैबीच सत्ता गठबन्धले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउन सहमति जुटेको कांग्रेसका नेता मीन विश्वकर्माले बताउनुभयो ।
उपसभामुखका लागि शुक्रबार हुने निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ । सत्ता गठबन्धनका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने निश्चित छ । वि.सं. २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराउनुभएको थियो । वि. सं. २०७६ फागुनमा तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली रहेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी दिने विषयमा कुनै निर्णय गरेको छैन । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पार्टीभित्र छलफल गरेर उपसभामुखको उम्मेदवार टुंगो लगाई मनोनयन दर्ता गराइने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया