नेपालमा काेराेना संक्रमित बढ्दै, साेमबार १६८ जना थपिए
विदुर खबर
२०७९ असार २७ गते १९:३०
नुवाकोट । कोरोना संक्रमण पुष्टि हुनेको संख्या सोमबार पनि बढेको छ । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका छन् ।
आज थपिएका सक्रमितको संख्या पछिल्लो चार महिना यताकै उच्च हो । यसअघि फागुन २५ गते २२५ जना कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको कुल तीन हजार २० नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो ।
यसरी एक हजार ८३४ पीसीआर परीक्षण गर्दा १२९ जना र एक हजार १८६ एन्टिजेन परीक्षण गर्दा ३९जना कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोमबार कोरोना मुक्त हुने भने ३७ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । केहि समययता कोभिड १९ का कारण निधन हुनेको संख्या शून्य रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया