दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइदै

विदुर खबर २०७५ भदौ ११ गते ०:४४

नुवाकोट, नुवाकोट लगायत मुलुकमा विभिन्न ठाउँमा आज दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइदै छ ।

Advertisement

वर्ष दिनभित्र मृत्यु भएका व्यक्तिको घरबाट आफन्तले गाईजात्रा निकाली नुवाकोटको बट्टार बजार, त्रिशू ली बजार, देबिघाटको वारी र पारी, दुईपीपल, रानीपौवा, चौघडा, रसुवाको नुवाकोटको सिमाना बेत्राबती लगायतका स्थानमा गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । राजा प्रताप मल्लले पुत्र शोकमा भावविह्वल भएकी आफ्नो रानीलाई सान्त्वना दिने उद्देश्यले प्रचलनमा ल्याइएको गाईजात्रामा मृतकका आफन्तले पितृको स्मृतिमा गाईजात्रा निकाल्ने परम्परा सुरु भएको हो ।

विशेषगरी नेवार समुदायका हिन्दू धर्मावलम्बीले निकाल्ने गाईजात्रामा पछिल्ला दिनमा गैर नेवार समुदाय पनि सहभागी हुँदै आएका छन् । मानिसलाई विभिन्न वेशभूषामा सिँगारेर जनै पूर्णिमाको भोलिपल्ट अर्थात् आनज गाईजात्रा मनाइन्छ । गाईलाई समेत सजाएर विभिन्न टोलमा परिक्रमा गराइन्छ । यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिले गाईको पुच्छर समाई बैतरणी तर्छन् भन्ने जन विश्वास रहदै आएको छ । स–साना बालबालिकालाई समेत गाईको भेषका रुपमा आ–आफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ ।

Advertisement

गाईजात्रामा सहभागीलाई नगर घुमाउने क्रममा विभिन्न टोल वरपर भेला भएका भक्तजनले फलफूल, रोटी, चिउरा, दही तथा दूध लगायत अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको छ । यसरी मृतकका आफन्तले दान दिदा पितृ खुसी हुने र स्बर्गमा बास पाउने जनबिश्वास पनि रहि आएको छ । यस्तै, पछिल्लो समयमा राजनीति तथा समाजमा भएका विकृति तथा विसंगतिको न्यूनीकरण गर्न गाईजात्रामा विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि हुन थालेका छन् ।

पञ्चायती व्यवस्थामा त्यसबेलाको सरकारको कार्यशैलीप्रति चित्त नबुझेकामा जनताले विरोध गर्ने दिनका रुपमा थालनी भएको यो कार्यक्रमले अहिले राजनीतिक रुप पनि लिएको छ । हास्य कलाकारले व्यंग्य गरी समाज सुधारका लागि नेतृत्वलार्ई सचेत गराउने दिनका रुपमा समेत गाईजात्रा पर्वलाई लिइएको छ ।

Advertisement

प्रतिक्रिया