बागमती प्रदेशका कर्मचारीको १५ प्रतिशत तलव वृद्धि
विदुर खबर
२०७९ असार १ गते १९:३२

नुवाकोट । बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव वृद्धि गर्ने घोषणा गरेको छ ।
प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताए ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्मकट्टेलले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई २०७९ साउन १ गतेबाट लागु हुनेगरी मासिक २ हजार महंगी भत्ता दिने घोषणा गरेका छन् ।
यस्तै बागमती प्रदेशका कर्मचारीहरुको १० लाखको सामूहिक बीमाको लागि प्रिमियम वापतको बजेट पनि छुट्याइएको बजेटमा उल्लेख छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया