सिसडोलमा बृहत स्वास्थ्य शिविर गरिने
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–१,२ र ३ लाई लक्षित गरेर सिसडोलमा बृहत स्वास्थ्य शिविर हुने भएको छ ।

अव्यवस्थित रुपमा फोहोर विसर्जन भएपछि सिसडोलमा फोहोरबाट सर्ने रोगहरु देखिएको भन्दै युथ फर नेशनले मंगलबार बृहत स्वास्थ्य शिविर गर्न लागेको हो ।
सिसडोलमा झाडापखला,ज्वरो,दम, सुगर, प्रेसर, मनोरोगीहरुको धेरै नै रहेको पाइएपछि स्वास्थ्य शिविर गर्न लागिएको युथ फर नेशनका अध्यक्ष एवं मनोरोग चिकित्सक डा. निकोलेश भुसालले जानकारी दिए । झाडापखला लागेका बिरामीहरुलाई वितरण गरिने औषधि समेत नभएकाले नि:शुल्क औषधि पनि वितरण गरिने उनले बताए । सिडोलमा डा. भुसालको टोलीले अघिल्लो साता त्यहाँका स्थानीयहरुको स्वास्थ्य परीक्षण समेत गरेको थियो ।
स्वास्थ्य शिविरमा मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई, कलेजो विशेषज्ञ डा. महेश शर्मा, डा. अनिल भट्टराई, डा. सुदर्शन न्यौपाने, डा. कालम खान,डा. आस्था ढकाललगायतको टोलीले स्वास्थ्य परीक्षण गर्ने युथ फर नेशनले जनाएको छ ।
‘सुगर,प्रेसर, रुघाखोकी,झाडापखलाको बिरामीहरु पनि धेरै पाइएको थियो,’ उनले भने,‘ क्यान्सर रोगीहरुलाई परामर्श पनि आवश्यक देखिएको छ । त्यही भएर हामी स्वास्थ्य शिविर गर्न लागेका हौं । ’
सिसडोलमा दुई वर्षका लागि भनेर १७ वर्षसम्म फोहोर विसर्जन गरिएपछि त्यहाँ धेरै नै दुर्गन्ध फैलिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया