सिसडोलको पानीमा प्रदुषणको मात्रा उच्च
नुवाकोट । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिसडोलको अध्ययन गरेको छ।

लेदो मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले गरेको हो। लेदो मिसिनु भन्दा अगाडि, लेदो मिसिएको स्थान र लेदो मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो।
सिसडोलबाट संकलित तीनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लेदो मिसिएको देखिएको छ। स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ।
यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ। विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ।
पानी तथा लेदोको पूर्ण रिपोर्ट केहि दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ।

नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
मंगलबार अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने बिधि निर्क्यौल गरेको छ।
यसका लागि प्रारम्भिक कामहरु ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भइरहेको महानगरले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया