नुवाकोटमा निर्वाचनको सबै तयारी पुरा
स्थानिय तहको निर्वाचनको लागि नुवाकोटमा सबै तयारी पुरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटले सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।
जिल्लामा १ सय ३२ मतदानस्थल र २ सय ८७ मतदान केन्द्र रहेको छ । ती केन्द्रमा चाहिने मतपेटीका, मतपत्र, छेकबार, स्वस्तिकछाप, मसी, कलम, टेप, छाप लगाउने प्याड, साइन पेन, डोरी, मास्क, सेनीटाइजर लगायतका सामाग्री मतदान स्थलमा पुगीसकेका छन् ।
यस्तै मतदान केन्द्रमा मतदान गर्न लाइन बस्ने स्थान, गोप्य मतदान स्थान समेत तयार गरिसकिएको छ । मतदानस्थलमा नेपाल प्रहरी,सशस्त्र र म्यादीले सुरक्षा दिएका छन् ।
दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटको ८८ वट्टै स्थानिय तहमा शुक्रवार निर्वाचन हुँदै छ । स्थानिय तहको निर्वाचनमा नुवाकोटमा ४ सय ६४ जनप्रतिनिधिको लागि १९ सय ८८ जनाले उम्मेद्धवारी दिएका छन् ।
नुवाकोटमा २ लाख २१ हजार १६१ मतदाता छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया