नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य कांग्रेस प्रवेश

नुवाकोट । नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य तथा विदुर ५ का निर्वाचित वडा सदस्य शिववहादुर कुमाल नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

उनलाई आईतवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा र नेपाली कांग्रेसका जिल्ला सभापति रमेश कुमार महतले टिका लगाएर नेपाली कांग्रेस प्रवेश गराएका हुन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट विदुर ५ बाट वडासदस्यमा निर्वाचत कुमाल कांग्रेस प्रवेश गरेसँगै विदुर ५ मा गठबन्धनका उम्मेद्धवार झन वलियो भएका छन् ।
उनको कांग्रेस प्रवेशसँगै आफुहरुलाई थप हौसला मिलेको नेपाली कांग्रेस विदुर ५ का ईकाइ सभापति छत्रराज डंगोलले जानकारी दिए ।
विदुर ५ को वडाध्यक्षमा गठबन्धन दलको तर्फबाट लिलानथ न्यौपाने र एमालेका शिवकुमार चित्रकारबिच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

तर दुबै पक्षले आफ्नो जित सुनिश्चित रहेको भन्दै घरदैलो अभियानमार्फत चुनावी प्रचारप्रसार अभियान तिव्र पारेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया