नुवाकोटमा गठबन्धनका चार दलको बैठक बस्दै
नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ चार दलको बैठक केही वेरमा वस्दै छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा बस्नै बैठकले आज स्थानिय तहमा कुन पार्टीले नेतृत्व लिने भन्ने विषयमा निर्णय गर्नेो नेपाली कांग्रेसका एक नेताले बताए ।
सत्तारुढ चार दलले निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपनि त्यसको मोडालिटिबारे कुनै निर्णय गर्न सकेका छैनन् ।
नुवाकोटमा रहेका दुई नगरपालिकामध्ये विदुरको मेयर कांग्रेसले लिने र बेलकोटगढी नगरपालिकाको मेयर माओवादीले लिने तयारी छ ।
यस्तै १० गाउँपालिकामध्ये ८ पालिकाको नेतृत्व कांग्रेसले लिने तथा ककनी र पन्चकन्या गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिने सहमति भएको स्रोतले बताएको छ ।
यस्तै एकिकृत समाजवादीलाई कुनै एक वा दुई पालिकाको उपाध्यक्षमा दिएर वडा छाड्न सकिने एक नेताले बताएका छन् ।
तर गठबन्धनमा रहेका केही दलहरुले प्रत्येक वडामा वडाध्यक्षको लागि नाम सिफारिस गरेकोले समस्या भएको बताएका छन् ।
वडा वडामा केही दलले गठबन्धन नगर्ने निर्णय गरेकोले समेत गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलता देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन





प्रतिक्रिया