गठबन्धन गरेर एमालेलाई साइजमा ल्याउनुपर्छ : पौडेल
नुवाकोट । कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने बताएका छन् ।

सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना विचार राख्दै पौडेलले एमालेलाई साइजमा राख्नुपर्ने बताएका हुन् । अहिलेको लडाइँ एमालेविरुद्ध भएकाले पनि गठबन्धन जरुरी भएको पौडेलको भनाइ थियो । नेकपा एकीकृत समाजवादी र माओवादीलाई मत दिएर भए पनि एमालेलाई साइजमा राख्नुपर्ने उनको भनाइ छ ।
पौडेलले बैठकमा भने, ‘ओलीलाई बलियो बन्न दिनुहुन्न । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । लडाइँ एमालेविरुद्ध हो । गठबन्धन जरुरी छ ।’
जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । नेता शेखर कोइराला, महामन्त्री गगन थापाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहँदा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन गरे सबै सिट जितिने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न





प्रतिक्रिया