नुवाकोटका स्थानियले बञ्चरेडाँडा ल्यण्डफिलसाइटको काम बन्द गराए
नुवाकोट। बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माणकार्य पुन: रोकिएको छ ।

आम नागरिकको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा फोहरमैला थुपार्ने रणनितिमा लागेको बुझिएको भन्दै धुनीबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माणकार्य रोकेका हुन् ।
स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् । ‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए ।

केही दिन अघिमात्रै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्यण्डफिलसाइटको अनुगमान गरेकी थिइन्
साथै स्थानियरुले भोलिबाट काठमाण्डौ उपत्यकाबाट फोहारको गाडी नुवाकोट ल्याउन समेत नदिने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया