नेता केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक
नुवाकोट । कांग्रेस नेता अजुर्ननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक भएको छ ।

केसीले कांग्रेसको विगतदेखि वर्तमानसम्मको इतिहास र अनुभव संलागेको पुस्तक बिहीबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसको इतिहास समेटिएको सो पुस्तक हरेक नेपालीको घर–घरमा पुर्याउनुपर्ने बताए । ‘मलाई त थाहा पनि थिएन, उहाँले यो पुस्तक निकाल्दै हुनुहुँदो रहेछ,’ देउवाले भनेका थिए, ‘कांग्रेसको इतिहास समेटिएको यो पुस्तक घर–घर पुर्याऔँ ।’ उनले कम्युनिष्ट पार्टीहरूले कांग्रेसबारे खराब प्रचार गरेको भन्दै त्यसलाई चिनुपर्ने आवश्यक रहेको बताए । ‘पार्टीको प्रचार पुगेको छैन । हामीले गरेका कामको पनि चर्चा भएको छैन,’ उनले भनेका थिए ।
विमोचनपछि नेता केसीले पुस्तकमा देशमा कांग्रेसको योगदान र उपलब्धिसहितको इतिहास समावेश गरेको बताए । ‘राणाविरुद्व जुन–जुन पक्षबाट लडिए । ती कांग्रेस नभएपनि योगदान गरेकालाई स्मरण गरोस् भनि पुस्तकमा चर्चा गरेको छु,’ उनले भने । उनले पुस्तकमा धेरै कुरा समेटेझैँ लागेपछि पुस्तक अझैपनि अपुरो रहेको बताए । ‘मैले राजनीति बुझें देखि अहिलेसम्म हेर्दा समय जटिल भए जस्तो लाग्छ । हामी अन्तर्राष्ट्रिय शक्ति केन्द्रको होडबाजीमा हामी छौँ । दुवै शक्ति राष्ट्रलाई सन्तुलन राख्न चुनौतीपूर्ण छ, यो कांग्रेसले मात्रै गर्ने हो, कम्युनिष्टले सक्दैनन्,’ उनले भने ।
विमोचन कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले पुस्तक कांग्रेस बुझ्नका लागि एकदमै उपयोगी रहेको बताए । त्यस्तै, लेखक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कांग्रेसको इतिहासबारेको पुस्तक निकै महत्त्वपूर्ण भएको बताए । अर्का लेखक श्रीकृष्णअनिरुद्र गौतमले निकै उच्च कोटीको पुस्तक तयार भएको भन्दै प्रशंसा गरे । ‘मैले अपेक्षा गरेको भन्दा निकै उत्कृष्ट पाएँ,’ उनले भने ।
सो पुस्तक पुस्तक अक्सफोर्ड इन्टरनेसनल पब्लिकेशसनले प्रकाशन गरेको हो । लेखक केसी यसअघि पार्टीको सहमहामन्त्री र गिरिजाप्रसाद कोइराला सभापति हुँदा पार्टीको प्रवक्ताकोरुपमा काम गरिसकेका नेता हुन् । १३ औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका उनी हाल केन्द्रीय सदस्य छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया