नेपाल बन्दको प्रभाव नुवाकोटमा सामान्य
विदुर खबर
२०७८ फागुन ४ गते ९:०८

नुवाकोट । नुवाकोटमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।

आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न सकेका छैनन भने जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । छोटो दुरीका सवारी साधन पनि छिटफुट रुपमा मात्रै चलिरहेको छ । बन्दकर्ता भने छिटफुट रुपमा चलिरहेका छन् ।

एमसीसीको विरोधमा बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी पार्टी लगायतका ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।
बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना
पाल्पामा टिपर दुर्घटना: चारको मृत्यु, एक गम्भीर घाइते
म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी





प्रतिक्रिया