नुवाकोट दरबार अझै पुनर्निर्माण हुन सकेनन्
नुवाकोट । कहिले भूकम्प त कहिले कोरोनाका कारण नुवाकोटको साततले दरबार लगायतका पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माण हुन सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको साततले दरबार पुनर्निर्माण हुन नसक्दा स्थानीयवासी चिन्तित छन् ।

पुरातात्त्विक सम्पदाको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको नुवाकोट अहिले सुनसान भएपछि पुरातात्त्विक सम्पदा नबन्ने हो कि भन्ने चिन्ताले सताएको स्थानीय शिव मल्लले बताए । भूकम्पले ढलेका पुराना घरहरू नयाँ बने तर यहाँका दरबार र मठमन्दिर पुनर्निर्माण नहुँदा स्थानीयमाझ निराश थपिएको उनले बताए ।
यहाँका दरबार तथा मठमन्दिर पुनर्निर्माण नभए नुवाकोटको अस्तित्व मेटिने उनले बताए । विदुर नगरपालिका २ मा पर्ने उक्त दरबार र मठमन्दिर चीन सरकारले पुनर्निर्माण गर्न भने पनि कोरोनाका कारण पुनर्निर्माण हुन सकेको छैन ।
पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरूमा साततले दरबार लगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजुभवानी मन्दिर छन् । २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पले ती सम्पदाहरूमा क्षति पुगेको थियो । अहिले ती सम्पदालाई फलामे टेको दिएर राखिएको छ ।

त्यतिबेला ती सम्पदाहरू पुनर्निर्माण गर्नका लागि नेपाल सरकार र चीन सरकारसँग सम्झौता भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको बसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि नुवाकोटका सम्पदाको पुनर्निर्माण थालिने जनाएको थियो । तर‚ पुनर्निर्माण प्राधिकरणको अवधि सकिएर पनि नुवाकोटका पुरातात्त्विक सम्पदाले जुनी फेर्न पाएनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया